काठमाण्डौँ: विगतको कम्युनिस्ट एकता असफलताको जिम्मेवारी स्वीकार गरेर खुला समीक्षा गरिनुपर्छ! नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकपटक एकताको बहसको केन्द्रमा आएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकताको सम्भावित समाचारले कम्युनिस्ट एकता चाहने लाखौं कार्यकर्ता, समर्थक र आम नागरिकमा नयाँ आशा जगाएको छ। पछिल्ला दिनमा एकता सम्बन्धी चर्चाहरू राजनीतिक वृत्तमा पुन तीव्र भएका छन्। तर, एकताको समाचारले मात्र उत्साह पैदा गर्नु पर्याप्त हुँदैन यसले विगतको अनुभवलाई गम्भीर रूपमा स्मरण गराउँछ। नेपालमा कम्युनिस्ट शक्तिहरूको इतिहास एकता र विभाजनको चक्रबाट गुज्रिएको छ। पटक पटक बनेका गठबन्धन र पार्टी एकताहरू अन्तत व्यक्तिकेन्द्रित स्वार्थ, शक्ति संघर्ष र...