काठमाडौं । आज माघे सङ्क्रान्ति । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइरहेका छन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको छ । यसैबीच काठमाडौंको टुंडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरी थारु समुदायले माघी मनाउँदैछन् । काठमाडौंको वसन्तपुरदेखि टुंडिखेलसम्म र्याली निकालेर अहिले माघी मनाउन भेला भएका छन् । थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका छन् । निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको छ । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्छन् । थारु समुदायमा माघीलाई विशेष महत्वका...