माघी : परम्परागत भेषभूषामा सजिएका थारु (तस्बिरहरू)

काठमाडौं । आज माघे सङ्क्रान्ति । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइरहेका छन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको छ ।

यसैबीच काठमाडौंको टुंडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरी थारु समुदायले माघी मनाउँदैछन् । काठमाडौंको वसन्तपुरदेखि टुंडिखेलसम्म र्‍याली निकालेर अहिले माघी मनाउन भेला भएका छन् ।

थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका छन् । निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको छ ।

पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्छन् । थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ ।

नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ ।

सम्बन्धित
स्ववियु निर्वाचन २५ भन्दा बढी क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु अगाडि

काठमाडौं : स्ववियु निर्वाचन यही चैत्र ५ गते देशभर त्रि. वि अन्तरगतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन हुदै छ! स्वतन्त्र विद्यार्थी

आजदेखि वर्षा र हिमपातको पूर्वानुमान, काठमाडौंको न्यूनतम तापक्रम बढ्यो

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम

सुनकोशीको पानी पाँचखालमा, माघ मसान्तभित्र ६ हजार परिवार लाभान्वित हुने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका छ