स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम ले एच. पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ यही माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर यो अभियान देशै भर एकै पटक सञ्चालन भै फाल्गुन ६ गते समापन हुने छ ! पाठेघरको मुखको क्यान्सर हुनाबाट जोगाउना यो खोप प्रभावकारी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महेश चौलागाईले जानकारी दिनु भयो! बिशेष त यो खोप विद्यालयमा अध्यानरत ६ कक्षा देखी १० कक्षा सम्म अध्यानरत छात्राहरुलाई र विद्यालय भन्दा बाहिर रहेका १० बर्ष देखी १४ बर्ष सम्मका किशोरीहरुलाई खोप अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने छ ! एच.पि.भी खोप अभियान २०८१ लाई भब्यताका साथ...