मिस माल्टाको टोली काठमाडौंमा, एयरपोर्टमा पञ्चैबाजा र ढाकाटोपीले स्वागत

नेपाल भ्रमणको लागि आउनुभएका मिस माल्टा चेरिस स्पिटेरीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौं । द हिडन ट्रेजरको निम्तोमा मिस माल्टाको टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरीसहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि आएको हो ।

टर्किस एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोलीलाई पर्यटन बोर्डका सदस्य र कर्मचारीले स्वागत गरे । उनीहरुलाई ढाकाटोपी र पञ्चैबाजाले स्वागत गरिएको थियो ।

यो टोली आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुनेछ । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले फिनालेको छेको पारेर नेपाल आउन संस्थाले निम्तो दिएको बताए ।

नेपाल भ्रमणको लागि आउनुभएका ‘मिस माल्टा’ चेरिस स्पिटेरीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै । तस्बिर : किरणराज बिष्ट / रासस

त्यसअघि मिस माल्टाको टोली काठमाडौं र चितवनका पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँगै भएको मिस माल्टाको यो भ्रमणले दुई मुलुकको द्विपक्षीय हितमा फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमणमा आएका मिस माल्टा चेरिस स्पिटेरीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा स्वागत गरिंदै
मिस माल्टाको टोली साउन २२ मा स्वदेश फर्किने कार्यक्रम छ ।

तस्वीर : किरणराज बिष्ट / रासस

सम्बन्धित
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम ले एच. पि.भी खोप अभियान सञ्चालन गर्दै !

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम ले एच. पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ यही माघ २२ गते विश्व क्यान्सर

विवाद बिर्सिएर भुवन, प्रदीप र पूजाको अंकमाल

काठमाडौं । नेपाली फिल्ममा कलाकारबीचको विवाद नौलो होइन । कुनै समय आरोप–प्रत्यारोप गर्ने कलाकारबीच केही समयपछि हार्दिकता पनि पलाएको देखिन्छ