स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम ले एच. पि.भी खोप अभियान सञ्चालन गर्दै !

खोप अभियान यही माघ २२ देखी फाल्गुण ६ गते सम्म विभिन्ना पालिकाहरुमा हुने!

स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम ले
एच. पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ यही माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर यो अभियान देशै भर एकै पटक सञ्चालन भै फाल्गुन ६ गते समापन हुने छ !
पाठेघरको मुखको क्यान्सर हुनाबाट जोगाउना यो खोप प्रभावकारी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख महेश चौलागाईले जानकारी दिनु भयो!

बिशेष त यो खोप विद्यालयमा अध्यानरत ६ कक्षा देखी १० कक्षा सम्म अध्यानरत छात्राहरुलाई र विद्यालय भन्दा बाहिर रहेका १० बर्ष देखी १४ बर्ष सम्मका किशोरीहरुलाई खोप अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिने छ !
एच.पि.भी खोप अभियान २०८१ लाई भब्यताका साथ सफल पार्ना रुकुम पश्चिममा २१२ जना स्वास्थ्य कर्मी ४४४ जना स्वायमसेवक र २०७ खोप केन्द्र रहने भएको छ !
खोप अभियान रुकुम पश्चिमका पालिकाहरुमा विभिन्ना मितिमा सञ्चालन हुदै छ !
मुसिकोट नगरपालिकामा यही माघ २२-२९ सम्म ४५ खोप केन्द्रमा २२० जना किशोरीहरुलाई लगाइने छ
आठबिसकोट नगरपालिकामा यही माघ २२-२६ सम्म ३९ ओटा खोप केन्द्रमा २२०८ जना किशोरीहरुलाई खोप लगाइने छ
चौरजहारी नगरपालिकामा यही माघ २७- फाल्गुन ०१ सम्म ३३ ओटा खोप केन्द्रमा १५६४ जना किशोरीहरुलाई खोपमा समावेश गरिनेछ
सानिभेरी गाउपालिकामा यही माघ २७-३० सम्म ३३ ओटा खोप केन्द्रमा १६४० जना किशोरीहरुलाई खोप लगाइने छ
त्रिवेणी गाउपालिकामा यही माघ २७-३० सम्म ३१ ओटा खोप केन्द्रमा १२७९ जना किशोरीहरुलाई खोप लगाइने छ र
बाफीकोट गाउपालिकामा यही माघ २३-२५ सम्म २६ ओटा खोप केन्द्रमा १२८२ जना किशोरीहरुलाई खोप लगाइने छ सबै जिल्ला भरी १०१९३ किशोरीहरुलाई एच.पि.भी खोप लगाउदै जिल्ला भर खोप अभियान सफल पार्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिम र जिल्ला खोप समुन्वय समिति रुकुम पश्चिमले पत्रकारहरुलाई एक अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिनु भयो !

 

 

 

 

 

 

 

 

सम्बन्धित
विवाद बिर्सिएर भुवन, प्रदीप र पूजाको अंकमाल

काठमाडौं । नेपाली फिल्ममा कलाकारबीचको विवाद नौलो होइन । कुनै समय आरोप–प्रत्यारोप गर्ने कलाकारबीच केही समयपछि हार्दिकता पनि पलाएको देखिन्छ

मिस माल्टाको टोली काठमाडौंमा, एयरपोर्टमा पञ्चैबाजा र ढाकाटोपीले स्वागत

काठमाडौं । द हिडन ट्रेजरको निम्तोमा मिस माल्टाको टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । मिस माल्टा चेरिस स्पिटेरीसहितको पाँच