
सिसनले केही नभनेकाले ती युवतीसँग उनको सम्बन्ध के हो भने खुल्न सकेको छैन । यद्यपि, यी दुई एकअर्कामा कम्फर्टेबल देखिएको स्पष्ट छ । थुप्रै युवतीको रोजाइमा पर्ने सिसन पछिल्लो समय चर्चित भ्लगर हुन् । यसअघि उनको नाम पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग जोडिएको थियो ।
सार्वजनिक तस्वीरको कमेन्टमा सिसनलाई शुभकामना र बधाई दिनेको ओइरो छ । यद्यपि, सिसन स्वयंले चाहिं यसबारे केही बताएका छैनन् ।

