रुकुम (पश्चिम): रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो समयदेखि सञ्चालनमा आएपनि नेटवर्किङ् समस्या देखा परेपछि स्थानीयवासीहरू सञ्चार सेवाको अभावमा परेका छन्। स्थानीयका अनुसार टावर निर्माण सम्पन्न भएको धेरै वर्ष बितिसक्दा पनि नेटवर्कले काम नगरेकाले फोन कल, इन्टरनेट, र मोबाइल डेटा प्रयोगमा कठिनाइ भएको छ। “टावर त छ तर सिग्नल छैन,कहिले जान्छ कहिले आउछ कहिलेकाहीँ बाहिरै गएर मात्र कुरा गर्न सकिन्छ,” स्थानीय बासिन्दा ई. लोकेश मल्लले जानकारी दिनुभयो । “संचार नहुँदा आपत्–विपत् र सूचना आदानप्रदानमा समेत समस्या हुन्छ।” नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा सेवा विस्तारको उद्देश्यले उक्त टावर निर्माण गरेको...