सरकारी लगानीमै सुस्ताइ NTC, टावर बने पनि नेटवर्क आएन

रुकुम (पश्चिम):

रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो समयदेखि सञ्चालनमा आएपनि नेटवर्किङ् समस्या देखा परेपछि  स्थानीयवासीहरू सञ्चार सेवाको अभावमा परेका छन्।

स्थानीयका अनुसार टावर निर्माण सम्पन्न भएको धेरै वर्ष बितिसक्दा पनि नेटवर्कले काम नगरेकाले फोन कल, इन्टरनेट, र मोबाइल डेटा प्रयोगमा कठिनाइ भएको छ।

“टावर त छ तर सिग्नल छैन,कहिले जान्छ कहिले आउछ कहिलेकाहीँ बाहिरै गएर मात्र कुरा गर्न सकिन्छ,” स्थानीय बासिन्दा ई. लोकेश मल्लले जानकारी दिनुभयो । “संचार नहुँदा आपत्–विपत् र सूचना आदानप्रदानमा समेत समस्या हुन्छ।”

नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा सेवा विस्तारको उद्देश्यले उक्त टावर निर्माण गरेको भए पनि निर्माण गरिएको क्षेत्र पनि अलि जनताहरुको दुरी भन्दा टाढा र उल्टो क्षेत्र तिर टावर बनेको गुनासो गरेका छन चौरजहारी नगरपालिकाको वडा न ९,१०,११,१२,१३ र १४ वडाको व्यापारीक केन्द्र वडा न ११ चौफा बजारमा उक्त टावरले काम गर्नु पर्ने चौरजहारीको नगर अस्पताल बनेको वडा न १० मा पनि काम गर्नु पर्ने तर काम गरीरहेको छैन सरकारी संरचना पूर्वाधार निर्माण गर्दा हरेक पक्षलाई ध्यानमा राखेर लगानी गरिनुपर्थ्यो तर हचुवाको तालमा गरिएको  लगानी नै निष्प्रभावी भएको स्थानीयहरूको गुनासो छ।

संबन्धित निकायले समस्या समाधानका लागि आवश्यक मर्मत तथा सक्रियता देखाईदिन स्थानीयवासीको माग छ।

 

 

सम्बन्धित
स्ववियु निर्वाचनमा रुकुमको शितल क्याम्पसमा दर्ता भएका सबै संगठन विच सर्वसम्मत नेतृत्व चयन

सुर्खेत: रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका २ मा अवस्थित शितल क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि त्यस

सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा

सुनकोशीको पानी पाँचखालमा, माघ मसान्तभित्र ६ हजार परिवार लाभान्वित हुने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो माघ मसान्तभित्र पाँचखालका छ