सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् ।

मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिए । उनकाअनुसार सो आवमा बारामा ११, पर्सामा छ र मकवानपुरमा एक किमि सडक कालोपत्र भएका छन् ।

निर्माणाधीन १२ वटा पुलमध्ये छ वटा निर्माण सम्पन्न भएका छन् । बाँकी छ वटा पुल चालु आवमा सम्पन्न हुने गरी निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।डिभिजन कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार निर्माणाधीन पुलमध्ये पर्सामा तीन, बारामा दुई र मकवानपुरमा एक छन् । चालु आवमा सञ्चालित ४८ सडक पूर्वाधारका योजनामध्ये तीन महिनामा २४ वटाको योजना सम्झौता भइसकेको र १६ वटा सम्झौता प्रक्रियामा रहेको उनले जानकारी दिए ।

सडक पूर्वाधारका योजना सञ्चालन गरिएपनि बजेट अभावका कारण समस्या भइरहेको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘योजना आइसकेको छ, तर बजेट आइपुगेको छैन’, अधिकारीले भने, ‘जसका कारण अधिकांश योजना रोकिएका छन् ।’ रासस

 

सम्बन्धित
काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्दिनू’ : भौतिकमन्त्री लम्सालको कडा निर्देशन

सुर्खेत: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल ले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार तथा जिम्मेवार निकायप्रति कडा असन्तुष्टि व्यक्त

पूर्वाधार विकासमा झण्डै साढे ३ खर्ब बजेट विनियोजन, सरकारको प्राथमिकतामा सडक, पुल र निर्माण क्षेत्र

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ३ खर्ब २

अभावबाट सफलता:एकै घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश

  सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम

सरकारी लगानीमै सुस्ताइ NTC, टावर बने पनि नेटवर्क आएन

रुकुम (पश्चिम): रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो