सुर्खेत: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल ले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार तथा जिम्मेवार निकायप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनामा देखिएको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै काममा लापरवाही गर्ने ठेकेदारलाई खोजेर काममा लगाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका हुन्। अनुगमनका क्रममा सडक विस्तार तथा निर्माण कार्यमा अवरोध बनेका बिजुलीका पोल स्थानान्तरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री लम्सालले कडा शैलीमा निर्देशन दिएका थिए। उनले आयोजना प्रभावित क्षेत्रमा स्थानीय नागरिकले धुलो, हिलो तथा यातायात असुविधाका कारण सास्ती खेपिरहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताए। “जनताले दैनिक दुःख पाइरहेका छन्, आयोजना समयमा...