नेकपा विप्लव द्वारा सल्यानको मासुगार खोलामा अस्थायी काठे पुल निर्माण

सल्यान: सल्यान जिल्ला दार्मा गाँउपालिकाको मौलोहाल्ने फारुलाचौर सडक खण्ड अन्तर्गत दार्मा गाँउपालिकाको वडा न ३ र ४ को सिमाना पर्ने मासुगार खोलामा नेकपा विप्लव दार्मा गाँउ कमिटी द्वारा अस्थायी काठे पुल निर्माण गरिएको छ!

पैदल यात्री र मोटरसाईकल यात्रीहरुका लागि यस अघि बनेको सानो पुल समेत जीर्ण र जोखिम भएका कारण तत्काल वर्षातको समयमा ठुलो मोटरेवल पुल बन्न असम्भव भयपछि त्यहाँका केही स्थानीय बासिन्दा विप्लवका केही नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागितामा १२ दिन लगाई अस्थायी काठे पुल निर्माण भएको हो!

निर्माणका क्रममा स्थानीय बन समितिहरुले काठहरु उपलब्ध गराइ केही निर्माण व्यवसायीहरुले समेत ग्याविङ्तार जाली तथा ढुवानीको लागि ट्याक्टर जे सि बि मेसिनहरु उपलब्ध गराएर काठे पुल निर्माणमा सहजिकरण गराएका थिए !

अस्थायी काठे पुल निर्माण पश्चात् केही समय पैदल यात्राी मोटरसाइकल र साना गाडीहरु आवतजावतमा सहज पुगेको छ !

विगत देखी नै त्यहाँका जनताले पटक पटक पक्की पुलको आवश्यकता परेको भन्दै सरोकार वाला सबै संग गुनासो राख्दा समेत गुनासो नसुनिदिएको एक स्थानीयले जानकारी दिनु भयो !

सम्बन्धित
काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्दिनू’ : भौतिकमन्त्री लम्सालको कडा निर्देशन

सुर्खेत: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल ले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार तथा जिम्मेवार निकायप्रति कडा असन्तुष्टि व्यक्त

पूर्वाधार विकासमा झण्डै साढे ३ खर्ब बजेट विनियोजन, सरकारको प्राथमिकतामा सडक, पुल र निर्माण क्षेत्र

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ३ खर्ब २

अभावबाट सफलता:एकै घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश

  सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम

GEN Z को आन्दोलनका क्रममा संवेदनशील पूर्वाधारमा व्यापक क्षति

काठमाडौं: काठमाडौंमा GEN Z को आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, लोक सेवा आयोग कार्यालय अन्य महत्वपर्णा कार्यालयहरु र