काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि इन्जिनियरिङ, पूर्वाधार विकास र नीतिगत परामर्शको क्षेत्रमा सक्रिय रहँदै आउनुभएका थापा पार्टीभित्र एक अनुभवी तथा प्राविधिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। हाल उहाँ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पीन) का अध्यक्ष समेत हुनुहुन्छ। पीनमार्फत इन्जिनियरहरूको हकहित, पेशागत क्षमता अभिवृद्धि तथा राष्ट्रिय विकासमा प्राविधिक योगदान बढाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। पूर्वाधार विकास, दिगो निर्माण, नीति निर्माण र प्राविधिक जनशक्तिको व्यवस्थापनमा गहिरो ज्ञान र अनुभव बोकेका थापाको केन्द्रीय सदस्यमा उम्मेदवारीले पार्टीभित्र प्राविधिक सोच र विकासमुखी दृष्टिकोण थप...