रुकुम माओवादी केन्द्रको विवादिद नगर अधिवेशन सम्पन्न

यस अघि घोषणा गरिएका अध्यक्ष सुन्दर शर्मा लगायत ६ जना मनोनयन सदस्यहरुले केन्द्रको परिपत्र आउनु अघि नै राजीनामा

सुर्खेत: नेकपा माओवादी केन्द्र रुकुम (पश्चिम) को चौरजहारी नगर कमिटीको विवादिद नगर सम्मेलन आज सम्पन्न भएको हो !

गत पौष १३-१७ सम्म  भएको नगर कमिटीको अधिवेशन २ खेमा विच विभाजन भै चुनावी प्रतिस्पर्धा नै भएको थियो वडा तहबाट निर्वाचित प्रतिनिधिहरुले नगर कमिटी सदस्य निर्वाचित गर्ने प्रावधान रहेको र त्यही निर्वाचित नगर कमिटी सदस्यहरु मार्फत नै पदाधिकारी चयन हुनु पर्छ भन्ने एक पक्ष र निर्वाचित नगर कमिटी सदस्यहरुको जेष्ठ सदस्यतामा बैठक बसी आवश्यक थप सदस्य मनोनयन गरेर मनोनय सदस्य लाई समेत दाधिकार बनाउनु पर्छ भन्ने अर्को पक्ष थियो !

निर्वाचित नगर कमिटी सदस्यको जेष्ठ सदस्यतामा बैठक बसी आवश्यक थप सदस्य मनोनयन गर्ने र पदाधिकार बनाउनु पर्छ भन्ने पक्षको बहुमत भएकाले सोही अनुसार अगाडि बढी कमिटीका बहुमत पक्षले यस अगाडि सुन्दर शर्मालाई अध्यक्षमा उपाध्यक्षमा महेश स्वर्णकार,पवित्रा गिरी लोकेन्द्र  परियार सचिबमा अर्जुन कुमाल सह-सचिबमा समीर केसि र
कोषाध्यक्षमा लोकेन्द्र देबकोटा लाई घोषणा गर्दै ५५ जनाको नेकपा नगरकमिटि निर्माण गरेको थियो !

यस निर्णयको विरुध्दमा जादै अर्को पक्षले पार्टीको केन्द्रिय निर्वाचन आयोगमा मुद्दा दर्ता गराएको थियो त्यसै मुद्दाको सुनाई गर्दै पार्टी केन्द्रिय निर्वाचन आयोगले यही फाल्गुन १५ गते निर्वाचित ४४ जना नगर कमिटी सदस्यहरुबाट मात्रै पदाधिकारी चयन गर्ना गराउना निर्देशन दिएको र जिल्ला पार्टीले सोही बमोजिम निर्णय लागु गर्दै नगर कमिटीको नया पदाधिकार चयन प्रक्रिया फाल्गुण २५ गते आज नै गर्ने भनि निर्देशन दिएको थियो निर्वाचित ४४ जनाले आज फेरी सर्वसम्मत पदाधिकारी चयन गरेका हुन जस मध्य अध्यक्षमा मोती प्रशाद, पोखरेल, उपाध्यक्ष पबित्रा पुन गिरी, उपाध्यक्ष महेश स्वर्णाकार उपाध्यक्ष लोकेन्द्र परियार, सचिब अर्जुन कुमाल,सह सचीव समीर के.सी.कोषाध्यक्ष लोकेन्द्र खत्री पदाधिकार निर्माण भएको छ ! यस अघि ४४ जना निर्वाचित नगर कमिटी सदस्यहरुको जेष्ठताका आधारमा बैठक बसी मनोनयन भएका मनोनित सदस्यहरु सुन्दर शर्मा लगायत ६ जनाले  पार्टी केन्द्रको परिपत्र आउनु अघि नै राजीनामा दिएका थिए !

 

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते