रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला सम्पन्न गराएको छ ।
नगर भेलाबाट नयाँ पालिका समिति निर्माण गरेको छ ।
भेलाले प्रविण वुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय पालिका समिति निर्माण गरेको जिल्ला पार्टी उपसभापति रिमप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसभापतिमा अजिप कुमार मल्ल, सचिवमा नरेश कुमार आचार्य, सहसचिवमा समोज पिएम, र कोषाध्यक्षमा तारा बनगोसाई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा दिपेन्द्र खडका, दल वहादुर बुढाथोकी, नारायाण परियार, आर्यन कार्की, शिव लामिछाने, विष्णु अधिकारी, शुशिल रेग्मी, डिल्ली वुढाथोकी, लिलामणि गौतम र महेश वोहरा रहेका छन ।
चौरजहारी नगरपालिकाको वडा नम्वर ३ देखि मोटरसाईकल तथा अटो रयाली निकालेर वडा नम्वर २, र ३ को नयाँवजार, वसपार्क, वडा नम्वर १ को पुरानो वजार, नाखिरा, लामिछानेगाउँ, घारिगाउँ हुदै वजार परिक्रमा गरिएको थियो ।
भेलामा जिल्ला पार्टी सभापति मन वहादुर शाही लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।



