रुकुम(पश्चिम):
संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै स्थानीय तहमा आयोजना गरेको जनप्रदर्शनअन्तर्गत रुकुम पश्चिमका ६ वटै पालिकामा पनि आज शक्ति प्रदर्शन सहितको जनप्रदर्शन सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका, बाँफीकोट गाउँपालिका र मुसिकोट नगरपालिका लगायतका सबै पालिकामा एमाले कार्यकर्ता र समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
पार्टीले आयोजना गरेको यो जनप्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र सत्ता–लोभका विरुद्ध आवाज उठाउने, संविधानको रक्षा गर्ने, र पार्टीभित्र संगठनात्मक एकता मजबुत पार्ने रहेको बताइएको छ।
कार्यक्रममा सहभागी नेताहरूले भने
“संविधान र राष्ट्रियता अहिले विभिन्न कोणबाट आक्रमणमा छन्। एमालेले मुलुकमा स्थिरता, विकास र सुशासनको पक्षमा अभियान सुरु गरेको हो।
रुकुम पश्चिमका प्रत्येक पालिकामा बिहानैदेखि नै कार्यकर्ता, जनप्रतिनिधि, युवा तथा समर्थकहरूको सहभागिता देखिएको थियो।
र्याली, झण्डा–प्रदर्शन र नाराजुलुसमार्फत कार्यकर्ताहरूले “संविधानको रक्षा गरौं, अराजकता अन्त्य गरौं” जस्ता नाराहरू दिएका थिए
चौरजहारीमा आयोजित मुख्य प्रदर्शन मा कर्णाली प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका र नगर कमिटीका नेता तथा कार्यकर्ताहरु जनप्रतिनिधि र पार्टीका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
त्यसैगरी आठबिसकोट र सानीभेरी क्षेत्रमा समेत स्थानीय युवाहरूले र्याली र जनसभा गरेर एमालेको शक्तिशाली उपस्थिति देखाएका थिए
कार्यक्रममा सहभागी केही नेताहरुका अनुसार यो कार्यक्रम आगामी कात्तिक २९ गते मुसिकोटमा हुने बृहत् कार्यकर्ता भेला र आमसभाको पूर्वतयारी समेत हो “एमाले कुनै प्रतिक्रियात्मक पार्टी होइन, हामी संविधान, राष्ट्रियता र विकासको दिशामा संगठित भएर अघि बढेका छौं। आजको प्रदर्शन यसको सशक्त सन्देश हो भनेर भनेका थिए !
रुकुम पश्चिमका जनतामा पार्टीप्रतिको विश्वास अझ सुदृढ भएको बताउँदै स्थानीय नेताहरूले भने
“रुकुमको संगठन एकताबद्ध छ, रुकुमको नेतृत्व सक्षम छ, अब हामी स्थिरता र विकासको नयाँ युगतर्फ अघि बढ्नेछौं भनेर कार्यकर्ताहरुलाई सन्देश प्रभाहा गरेका थिए!
देशव्यापी अभियानको हिस्सा स्वरूप रुकुम पश्चिमका ६ वटै पालिकामा सम्पन्न आजको जनप्रदर्शनले एमालेको संगठनात्मक बल, जनसमर्थन र राजनीतिक प्रतिबद्धताको स्पष्ट झल्को दिएको छ।
यसबीच भाद्र २३ र २४ गते देशका विभिन्न भागमा भएका हिंसात्मक गतिविधिहरूले मुलुकलाई पुनः अराजकताको दिशातर्फ धकेल्ने संकेत दिएको नेताहरूको मूल्यांकन छ।
कसै–कसैले प्रहरीका हातबाट हतियार कब्जा गर्ने, जेल तोड्ने, लुटपाट र डकैतीका घटनाबाट शान्तिसुव्यवस्थालाई चुनौती दिने कार्यहरूलाई सरकारको असफलता र कमजोरीको प्रत्यक्ष प्रमाण भन्दै आलोचना गरिएको छ।
नेताहरूको भनाई रहेको छ!
“जेलबाट अपराधीहरू फरार भइरहेका छन्, प्रहरीले आफ्नै हतियार गुमाइरहेको छ, अनि त्यही सरकारले चुनाव र शान्ति–सुव्यवस्था दुवै कायम गर्छु भन्नु जनताको अपमान हो।”
संविधान, राष्ट्रियता र स्थिरताको पक्षमा एमालेको यो अभियान अब जिल्लास्तर र राष्ट्रिय तहमा अझ व्यापक रूपमा अगाडि बढ्ने पार्टीले जनाएको छ।
यही कार्तिक २९ गते जिल्ला व्यापी रुपमा नेकपा एमाले रुकुम पश्चिमले पनि मोटरसाईकल र्याली तथा जन प्रदर्शन गर्ने भएको छ !



