नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ !

नेपाल सरकारका प्रधानमन्त्री श्री के पी शर्मा ओली लाई  बाँके र बर्दियाका जनप्रतिनिधि उद्योगी–व्यवसायी बुध्दिजीवीहरुले  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण पत्र बुझाएका हुन । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालका ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण  गर्नुभयो ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षण लगायतका काममा पनि चासो दिन आग्रह गर्नुभयो!

नेपालगञ्जमा नेपाल भारतको सिमा रुपैडिया नाका पनि नजिकै रहेको  छ!

सम्बन्धित
अभावबाट सफलता:एकै घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश

  सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट