रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै स्थानीय तहमा आयोजना गरेको जनप्रदर्शनअन्तर्गत रुकुम पश्चिमका ६ वटै पालिकामा पनि आज शक्ति प्रदर्शन सहितको जनप्रदर्शन सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका, बाँफीकोट गाउँपालिका र मुसिकोट नगरपालिका लगायतका सबै पालिकामा एमाले कार्यकर्ता र समर्थकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। पार्टीले आयोजना गरेको यो जनप्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र सत्ता–लोभका विरुद्ध आवाज उठाउने, संविधानको रक्षा गर्ने, र पार्टीभित्र संगठनात्मक एकता मजबुत पार्ने रहेको बताइएको छ। कार्यक्रममा सहभागी नेताहरूले भने “संविधान र...