सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। यतिबेला स्यार्पु ताल वरपर सरसफाइ तथा अन्य त्यहाँको निती नियममा कडाइको लागि कमजोर बन्दै गएको छ। ताल वरिपरि फोहर थुप्रिँदै गएका छन्, सरसफाइमा नियमित ध्यान दिइँदैन, र तालको संरक्षणका नाममा बनेका समितिहरू निस्क्रिय छन्। स्थानीय स्रोतका अनुसार, अघिल्ला वर्षहरूमा स्यार्पु ताल संरक्षणका लागि बनेका सबै समितिहरू अहिले निस्क्रिय अवस्थामा छन्। कुनैले बैठक बोलाएका छैनन्, न त सरसफाइ वा अब्बल पूर्वाधार निर्माणमा ठोस काम भएको छ। स्थानीय युवा आदित्य कुमार मल्लका...