सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ।
यतिबेला स्यार्पु ताल वरपर सरसफाइ तथा अन्य त्यहाँको निती नियममा कडाइको लागि कमजोर बन्दै गएको छ। ताल वरिपरि फोहर थुप्रिँदै गएका छन्, सरसफाइमा नियमित ध्यान दिइँदैन, र तालको संरक्षणका नाममा बनेका समितिहरू निस्क्रिय छन्।
स्थानीय स्रोतका अनुसार, अघिल्ला वर्षहरूमा स्यार्पु ताल संरक्षणका लागि बनेका सबै समितिहरू अहिले निस्क्रिय अवस्थामा छन्। कुनैले बैठक बोलाएका छैनन्, न त सरसफाइ वा अब्बल पूर्वाधार निर्माणमा ठोस काम भएको छ।
स्थानीय युवा आदित्य कुमार मल्लका अनुसार,
“पहिले पनि स्यार्पु तालको संरक्षणका नाममा धेरै समिति बने, बजेट पनि आवश्यकता अनुसार आय नै तर सबै एक–एक गरेर निस्क्रिय भए। अहिले तालको वास्तविक हेरचाह गर्ने कोही छैन। स्थानीय युवाले आफ्नो जिम्मेवारी सम्झेर कहिलेकाहीँ सरसफाइ गर्छौं, हेरचाह गर्छौ तर त्यो स्थायी समाधान होइन।”
उनका भनाइमा, सरकारले वा सम्बन्धित निकायले औपचारिक रूपमा स्थायी सञ्चालक समिति गठन गरेर जिम्मेवारी तोक्नुपर्ने बेला आएको छ सरकार मार्फत आएको बजेट र निर्माण कार्य हुदाँ खबरदारीको जरुरी परेको स्थानीय मल्लले पूर्वाधार न्युज लाई जानकारी दिए
तालले बाँफीकोटको पहिचान मात्रै नभएर रुकुम जिल्लाकै पहिचान बोकेको छ। झनै यसको संरक्षण हुन सके पर्यटन, रोजगार र आम्दानी बढ्ने देखिन्छ । तर जिम्मेवार निकायको चासो नहुँदा प्राकृतिक सम्पदा जोखिममा परेको छ।” 
हाल स्यार्पु ताल परिसरमा फोहर व्यवस्थापन प्रणाली छैन, आगन्तुकका लागि राम्रो खालको विश्रामस्थल,सार्वजनिक सूचना बोर्ड मैत्रीपुर्णा शौचालयजस्ता आधारभूत सुविधा पनि अभाव छन्!
स्थानीयका अनुसार, स्यार्पु ताललाई व्यवस्थित गर्न सञ्चालक समिति, स्थायी सरसफाइ कार्यक्रम सार्वजनिक सुचना र प्रचार–प्रसार योजना आवश्यक छन्। स्थानीय सरकार र पर्यटन मन्त्रालयले उचित बजेट तथा प्रशासानिक तिर ध्यान नदिए यो ताल फोहरको डम्पीङ् सेन्टर बनाउन बेर नहुने र तालको सौन्दर्य क्रमशः हराउँदै जाने खतरा बढ्दै गएको स्थानीयहरुले गुनासो गरेका छन!



