क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट गाउँपालिका–७ लिस्नेमा दुर्घटनामा परेको थियो।दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।जिप गाडी सडकबाट झन्डै सात सय आठ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयका अनुसार जीपमा १७ जना यात्रु सवार थिए। उक्त जीपमा सवार धेरै जसो क्रिश्चियन धर्मावलम्बीहरूको जवान सम्मेलनबाट फर्किँदै गरेका भन्ने त्यहाँका स्थानीयले जानकारी दिए

मृत्यु हुनेहरूमा

आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली,
आठबिसकोट–२ का १६ वर्षीय टेकजंग बुढा,
आठबिसकोटकी १५ वर्षीया दिलमाया बुढा,
आठबिसकोटकी १७ वर्षीया मनिका वली,
आठबिसकोटकी १८ वर्षीया सर्मिला विक,
आठबिसकोटकी २२ वर्षीया गोपाल वली रहेका छन्।
मृतक एक जना महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।चालकलाई टाउको गम्भिर चोटलागेको र घाइतेहरूमा महिमा ओली, सङ्गीता बिक, सङ्गीता बुढा लगायत रहेका छन् अन्य घाइतेहरूको विवरण खुल्न बाँकी छ।

ओभरलोडका कारण जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

नजिकैको प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र मृतक तथा घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको

रुकुम का पालिकाहरु मध्य चौरजहारीमा सबैभन्दा कम बेरुजु,आगामी वर्षमा सुशासन कायम राख्दै शुन्य बनाउने

सुर्खेत:रुकुम पश्चिमका छ वटा स्थानीय तहको लेखा परीक्षणमा १३ करोड ८९ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ। तर, ती