सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ ।
रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्वरको फोर्स गाडी गएराती दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार फोर्स गाडि सडक देखी अन्दाज ३००/४०० मिटर तल खस्न गई रुकुम पश्चिम बाँफीकोट गा पा ५ का बर्ष अन्दाजी २५ का प्रकाश के सी र नाम थर वतन नखुलेको १ महिला र १ पुरुष गरी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ अन्य सवार १ महिला र १ पुरुषको टाँउको र शरीरका विभिन्ना भागमा चोट लागि अवस्था सिरियस रहेको छ घाईतेहरुलाई उपचारका लागि दाङ नेपालगञ्ज लगिएको छ सवार गाडी प्रहरी चेक पोष्टमा ईन्ट्री गराउदा ३ पुरुष र २ महिला भनेर इन्ट्रि गराएको प्रहरीले जानकारी दिएको छ!




