ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं:

ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि इन्जिनियरिङ, पूर्वाधार विकास र नीतिगत परामर्शको क्षेत्रमा सक्रिय रहँदै आउनुभएका थापा पार्टीभित्र एक अनुभवी तथा प्राविधिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

हाल उहाँ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पीन) का अध्यक्ष समेत हुनुहुन्छ। पीनमार्फत इन्जिनियरहरूको हकहित, पेशागत क्षमता अभिवृद्धि तथा राष्ट्रिय विकासमा प्राविधिक योगदान बढाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

पूर्वाधार विकास, दिगो निर्माण, नीति निर्माण र प्राविधिक जनशक्तिको व्यवस्थापनमा गहिरो ज्ञान र अनुभव बोकेका थापाको केन्द्रीय सदस्यमा उम्मेदवारीले पार्टीभित्र प्राविधिक सोच र विकासमुखी दृष्टिकोण थप मजबुत हुने अपेक्षा गरिएको छ। उहाँले पार्टीलाई नीतिगत रूपमा सुदृढ बनाउँदै देशको समग्र पूर्वाधार विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सम्बन्धित
संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते

अलपत्र परेको मध्यपहाडी भेरी पुल निर्माणमा सदन सडक दुबै ठाउँबाट दबाब दिने पुर्व प्रधानमन्त्री प्रचण्ड!

रुकुम: नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा प्रतिपक्ष दलका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड आज रुकुम पुग्नु भएको छ !