एकै घरपरिवारका ३ र १ चालक सदस्य चढेको स्कार्पियो दुर्घटना १ को घटना स्थलमै मृतु

रुकुम(पश्चिम):रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सिमाना सानीभेरी गाउँपालिकाको १० तिमिलेमा स्कार्पियो गाडि दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज (सोमबार) दिउँसो अन्दाजी २ बजेको समयमा प्रदेश न २- ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी दुघर्टना हुँदा रुकुम पश्चिमको सानीभेरी  गाउँपालिका वडा नम्बर १० जन्मघर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो घटना स्थलमा पुगेका प्रहरी साहेक निरिक्षक भुव बहादुर बोहराले पूर्वाधार न्युज लाई जानकारी दिनुभयो!

प्रहरीका अनुसार दुर्घटनामा परेर मृतककी  श्रीमती, माइली आमा र तुल्सिपरका ४० बर्षिय गाडि चालक लिलामणी भण्डारी घाइते हुनुभएको छ।

गाडीमा चालक सहित २ पुरुष र २ महिला गरी चार जना मात्र रहेको बताइएको छ ।

घाइतेहरूको उपचारका लागि अहिले जिल्ला अस्पताल सल्लेमा  लगिएको र  अवस्था जाँचबुझ गरी थप उपचारको आवश्यकता अनुसार  बाहिर अलि सुविधासम्पन्न अस्पताल लगिने भएको छ

कुल देवता पूजाको लागि दाङबाट रुकुम पश्चिम आउनुभएका उहाँहरू कुल पुजेर दाङ फर्कने क्रममा तिमीलेमा गाडि दुर्घटना भएको हो ।

त्यहा घटनास्थलमा पुगेका प्रहरीका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब २ किलोमिटर तल खसेको थियो । घटनास्थलमा प्रहरीले जानकारी पाए लगतै  प्रहरी साहेक निरीक्षकको टोली पुगी उद्दार गरिएको र थप अनुसन्धान भैरहेको  बताइएको छ।

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको