अर्घाखाँचीको मालारानीमा सिङ्गल क्याव दुर्घटना २ जना युवाको मृत्यु र २ घाइते

अर्घाखाँची:  अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ३ ढुङ्गाडेमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब गाडी दुर्घटना हुँदा मालारानी ४ का २ जना युवाको  दुखद निधन भएको छ विहान करिब ३:५०मा दुर्घटना  भएको जीव अनियन्त्रित भइ बाटो देखी करिब २५० मिटर तल खसेको ई प्र का खनका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले पूर्वाधार न्युजलाई  जानकारी दिनु भयो!

घटना भएको जानकारी लगतै ई प्र का खन को प्रहरी टोलि घटनास्थल पुगेर घाईते सबै ४ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाएको थियो अस्पताल पुर्याउना साथ केही समय पछि २ जना घाइतेहरु २२ वर्षीय चालक दिलिप खनाल र २१ वर्षीय बालकृष्णा रिजाललाई जिल्ला अस्पताल सन्धिखर्कले मृतक घोषणा गरेको थियो मृतक २ जना अर्घाखाँची जिल्ला मालारानि गाँउपालिका ४ का रहेको जानकारी पाएको छ भने  २ जना घाइतेहरू मालारानि कै १७ वर्षीय भुवन पोख्रेल र १७ बर्षकै वशन्त पोख्रेलको उपचारको लागि बुटवल रिफर गरिएको छ ।

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको