रुकुम (पश्चिम): रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा न ९ मा आज बेलुका अन्दाजी ९:२१ बजे ट्याक्टर दुर्घटना भई चालक त्रिवेणी गाउपालिका वडा न ५ जिवाङ् स्थायी घर भएका अन्दाजी बर्ष २० का नबिन परियारको मृत्यु भएको हो घटना हुना साथ नगर अस्पताल लिएर जादा अस्पतालले मृत्यु भएको घोषणा गरेको आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरी साहेक निरीक्षक खडक थापाले पूर्वाधार न्युज लाई जानकारी दिनु भयो !
भे १ त ३८९१ नम्बरको ट्याक्टर आठबिसकोट ९ कै वडामा निर्माण हुदै गरेको सडक मर्मतको लागि सिमेन्ट वसारपसार गर्दै गर्दा ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल खसेको पाइएको छ !



