सुदुरपश्चिममा दलित भएकै कारण विद्यार्थीले पाएनन् भाडामा कोठा

वडा अध्यक्षले नै जातीय विभेदको संकेत दिदै दलितले दलित समुदायामा कोठा खोज्न भने

धनगढी: सुदुरपश्चिम विश्वविद्यालय महेन्द्रनगरको कानुनन संकाय तर्फ मा अध्यानरत विद्यार्थीले दलित भएकै कारण हप्तादिन सम्म खोज्दा पनि भाडामा कोठा पाउना नसकेको बताएका छन।

कानुन संकायमा अध्यायनरत तुलसि बि क र हरिना सुनारले आफु दलित भएकै कारण कोठा नपाएको गुनासो गरेका छन।
तुलसि बि क कानुन संकाए छैटौँ सेमेस्टारमा अध्यानरत छन भने हरिना सुनार तेस्रो सेमेस्टारमा अध्यानरत छन।
दलित र पिछडिएका वर्गको लागि भनेर युद्ध लडेर ल्याएको वर्तमान संबिधानमा ब्यवस्था गरेको सम्मानताको हक जातिय छुवाछुत अन्त्यको नारा आज उनिहरुका लागि त्यो व्यवहारमा लागु नभएको गुनासो छ ।

कोठा खोज्दै जादा घर धनीले खाली छ भन्दै कोठा देखाउछन र नाम ठेगान सोधपुछ पछि आफुहरुले जात नढाटिकना दलित भनेपछि कोठा हुदैन भन्छन र हाम्रा देउता रिसाउछन भन्दै कोठा बन्द गर्छन
विभिन्ना जिल्लाहरुबाट आफ्ना बालबच्चा पढाउना तथा व्यवसायी गर्ना अध्धयान गर्ना धनगढी झर्ने दलितहरुमा जातिय विभेदको ठुलो समस्या आइलाग्ने विद्यार्थी तुलसी बि क ले पूर्वाधार न्युज लाई जानकारी दिइन !

यस विषयमा त्यहाका स्थानिय सरकारका भिमदत्त नगरपालिका वडा न १५ का वडा अध्यक्ष भुवनराज भट्ट संग फोन सम्पर्क गर्दा वडा अध्यक्षले वडामा यस विषयमा जानकारी नआएको र दलितले दलित बस्तिमा कोठा खोज्नु पर्छ यदि त्यो नभय नगरपालिकाले दलितको लागि कोही कसैले भाडामा कोठा नपाउने भय नगरपालिकाले भाडाको कोठा व्यवस्था गर्दिने भन्नु भयो तर त्यस भिमदत्त नगर उपप्रमुखले चाहि छुवाछुत नभएको बताउदै पालिकाले पनि दलितको लागि कोठा भाडा भन्दै छुट्टै केही त्यस्तो व्यवस्था नभएको दाबी गर्नु भयो !
कोठा भाडामा नपाएकी विद्यार्थी अहिले दलित समुदायकै एउटा घरमा बस्छिन त्यो घरका घरबेटि महेन्द्रनगर भन्दा बाहिर बस्ने भएकाले अब ति घरभेटी आफ्नै घरमा फर्किने भएकाले उनिहरुले कोठा छाड्न बाध्य भएको बताउछिन् !
जातिय छुवाछुत अन्त्य भएको नारा घन्किएता पनि दलित माथि यसरी पटक पटक अन्याय भैरहदा सरकार मौन रहनु वडा अध्यक्षले नै दलित बस्तिमा दलितको बसाइँ हुनुपर्छ भन्ने कुर सोच राख्नुले दलितलाई पशुसरहको दुर्व्यवाहार भैरहनु जातिय विभेद झन बल्झिने कानुन पढ्ने विद्यार्थी हरिना सुनार ले जानकारी दिनुभयो !

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको