सुर्खेत: रुकुम (पश्चिम) का माओवादी केन्द्र निकट YCL का पुर्व इलाका कमिटी अध्यक्ष दिपक मल्ल (क:सुन्दर) एमालेमा प्रवेश गर्नुभएको छ !
नेकपा एमालेले सञ्चालन गरेको ३ महिने वडा केन्द्रित जरा अभियानको क्रममा मल्लले पार्टी प्रवेश गर्नुभएको हो !
नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा रुकुम (पश्चिम)प्रदेश निर्वाचन क्षेत्र ख का इन्चार्ज टंकप्रसाद ओली जिल्ला कमिटी सदस्य लोकेन्द्र मल्ल,ओमप्रकाश आचार्य लगायत नेता तथा कार्यकर्ताहरुले अभियानकै क्रममा मल्ललाई एमालेमा प्रवेश गराएको प्रदेश कमिटी सदस्य टंक प्रसाद ओलीले जानकारी दिनुभयो !
नेकपा एमालेको वडा केन्द्रित जरा अभियान अन्तर्गत टोल र घरदैलो कार्यक्रममा सञ्चालन गर्ने समयमा चौरजहारी नगरपालिका वडा न ११ स्थायी घर भएका दिपक मल्ल संग रुकुम एमालेका नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्रको जनमुक्ति सेनामा कार्यरत हुदै तत्कालीन इलाका कमिटी अध्यक्ष समेत भएका मल्ल संग भेट गर्नुभएको थियो !
माओवादी केन्द्रमा विगत २३ वर्षको लामो राजनीतिक समय पश्चात् एमालेमा प्रवेश गर्दै मल्लले भन्नुभयो अब नेपालमा कम्युनिष्टको मुख्य मार्गदर्शक सिध्दान्त बोकेको हामी युवाहरुको भविष्य भएको पार्टी एमालेमा हो र हिजो माओवादीले दलाल नोकरसाही पुजीपति तानाशाहीका विरुध्द कथित संघर्षको नाम दिदै शोषित पीडित सर्वहारा श्रमजीवी जनताको मुक्तिको निम्ति समाजमा हुने सबै खालका विभेद अन्त्यको नारा लगाउदै कथित जनयुध्द अहिले धनयुध्दमा परीणित भएको र अधिकांश माओवादीहरु वर्तवान परिस्थितिमा नवसमान्तवादमा परिणति भएको कारण अब आम नेपाली जनताको आसा र भरोसाको केन्द्र नेकपा एमाले भएकोले नेकपा एमालेमा नीति विचार र सिध्दान्त भित्र रहेर पार्टीले दिएको जिम्मेवारी र लगाएको काममा कर्तव्यनिष्ठ भएर लाग्ने प्रतिबध्दता सहित नेकपा एमालेमा प्रवेश गरेको नव प्रवेशक दिपक मल्लले जानकारी दिनुभयो !




