विराटनगर:नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औ राष्ट्रिय महाधिवेशन विराटनगरमा सम्पन्न भएको छ !
हिजो १० गते नेकपा एमालेका महासचिव शंकर पोख्रेल को प्रमुख उपस्थितिमा उद्घाटन भएको महाधिवेशन हिजो राति नै बन्द सत्रमा राजनीतिक सांगठनिक प्रतिवेदन पास भएर नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको थियो !
निवर्तमान उपाध्यक्षहरु गणेश पाण्डे र राजेश राईको अध्यक्षमा दाबी रहेको थियो अध्यक्षका उम्मेदवार राजेश राईले निर्वाचनको समय तालिका अनुसार अन्तिम समयमा अध्यक्ष मण्डल संग समय माग गरेर बन्दसत्र हल भित्र प्रतिनिधि
हरुलाई सम्बोधन गर्दै पार्टि संगठन निर्माण र नेतृत्वको प्रस्तावलाई मानेर आफ्नो सहकर्मीलाई छोड्ने र आफुले लिएको अध्यक्ष उम्मेदवारको अडान फिर्ता लिए भने संगै अध्यक्ष मण्डललाई नयाँ नेतृत्व चयन गर्ना सहज भएको थियो!
सहमतिका आधारमा नेतृत्व टुङ्गो लगाएर सर्वसम्मत रुपमा अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयन गरेको हो अध्यक्ष मण्डलका एक सदस्यले जानकारी दिनु भयो अध्यक्षमा : गणेश पाण्डे उपाध्यक्षमा चेतन अधिकारी कृपा भण्डारी महासचिवमा हीरामाण लामा उपमहासचिव हरीबल्भ नेपाल सचिव नरेश भण्डारी बिक्रम लुइटेल विष्णु तारुके प्रदिप आचार्य 
प्रदेश इन्चार्ज संगै विभिन्ना आयोगहरु पनि गठन गरिएको छ!



