आर्यघाटमा दाहसंस्कार गरिसकेको राजतन्त्र ब्युंताउन होइन गणतन्त्रको बिकल्प उन्नत गणतन्त्र हो नेता महर

राजनितिक पार्टी मन नपर्दा फेर्न सकिन्छ तर राजतन्त्र भनेको कुलिन तन्त्र हो एमाले नेता ऐन महर

काठमाडौं:  भर्खरै काठमाडौंमा भएको राजा ल्याउने भनि गरीएको हिंसात्मक गतिबिधिले प्रायको मनष्पटलमा देश कहिले फेरी पछाडि धकेल्निदै आर्थिक धन जनको क्षति त व्यहोर्नु पर्ने हैन भन्ने प्रश्न उठि रहेको छ !

यसै सन्दर्भमा नेकपा एमाले का नेता ऐन महरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भन्नु भएको छ राजनितिक पार्टी मन नपर्दा फेर्न सकिन्छ तर राजतन्त्र भनेको कुलिन तन्त्र हो भन्दै लेख्नु भएको छ!

हाम्रो पुस्ता र हामी भन्दा अगाडीको पुस्ताले राजतन्त्र र राजावादीहरुलाई भोगि सकेका थियौं ।देशलाई कंकाल बनाउने मात्र होइन कि जनताका सम्पुर्ण अधिकार कुण्ठित गर्दै जनतालाई रैति बनाईएको थियो । हामी एक्काइसौं शताब्दिका सचेत नागरिक हुनुको नाताले रैति हुन सक्ने स्थिति थिएन र हामी राजतन्त्रका बिरुद्धमा लागेका थियौं । गणतन्त्र जनताको जनताको लागि र जनता द्धारा गरिने शासन पद्धति भएकोले एउटा ब्यक्ति वा एउटा राजनितिक पार्टी मन नपर्दा फेर्न सकिन्छ तर राजतन्त्र भनेको कुलिन तन्त्र हो र जनतालाई मन परोस नपरोस एउटा ब्यक्ति र उसको बंशले शासन गर्ने पद्धति हो ।
अहिले खास गरि भर्खरैको पुस्ता जो २० देखि ३० बर्ष सम्मको छ , त्यो पुस्ताले राजतन्त्र र राजावादिहरुलाई देखेको भोगेको छैन । अहिलेको जनताको निराशामा खेलेर केहि अराजक देशद्रोहि र हुल्लडवाजहरुले चलाएको धन्दामा भ्रममा परिरहेका छन । राजतन्त्रमा जनताका अधिकार खोसिने मात्र होइनन कि देशलाई कंकाल बनाउने हत्या हिंसा मचाउने र लुट्ने काम स्वयं राजसंस्था र तिनले परिचालन गरेका मंडलेहरुबाट हुने गर्दछ । यिं तस्विर त्यहि राजतन्त्रका प्रतिनिधि तस्विर हुन । बिहानिले दिउसो को संकेत गर्छ भने झैं अहिले त यस्तो छ यदि साँच्चिकै राजतन्त्र फर्कियो भने के हुन्छ होला समयमै बुझौं।
त्यसैले आर्यघाटमा दाहसंस्कार गरिसकेको राजतन्त्र ब्युंताउन होइन कि गणतन्त्रको बिकल्प उन्नत गणतन्त्र हो र यसलाइ परिस्कृत गर्न जुटौं । साथै हिजो तिनकुनेको घटनाको मुख्य दोषि पुर्व राजा ज्ञानेन्द्र शाह भएकोले उनको सम्पुर्ण सेवा सुबिधा खोसेर गिरफ्तार गरिनु पर्छ ।

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

रा स्व पा ले विस्तार गर्दै छ स्थानीय तहमा पनि कमिटी विस्तार

रुकुम(पश्चिम): राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाको नगरभेला  सम्पन्न गराएको छ । नगर भेलाबाट नयाँ पालिका समिति निर्माण

चिकित्सक देखी भौतिक पूर्वाधार निर्माण गर्ने ईन्जिनियरहरु अखिलमा चुनाव लड्दै

काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशन काठमाडौंको किर्तिपुरमा भैरहेको छ ! यही मिति २०८२/०२/२५ गते