सुर्खेत: रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका २ मा अवस्थित शितल क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि त्यस क्याम्पसमा दर्ता भएका अखिल क्रान्तिकारी सभापति सहित ३ सदस्य नेविसंघ उपसभापति १ कोषाध्यक्ष १ र सदस्य ४ अनेरास्ववियु सचिव १ उपसचिव १ र सदस्य ५ सामाजवादी पार्टी निकट अनेरास्ववियू १ सदस्य अनेरास्ववियु (समाजवादी) १ सदस्य रहने गरी शितल क्याम्पसमा सहमति भएको अनेरास्ववियु जिल्ला कमिटी सचिव लोकेश मल्लले पूर्वाधार न्युज लाई जानकारी दिनु भयो !
भोलि २७ गते उम्मेदवार मनोनयनको दिन उम्मेदवारी दियर आधिकारिक रुपमा सर्वसम्मत रुपमा भोलि शितल क्याम्पसमा स्ववियु निर्वाचन समितिले घोषणा गर्ने क्याम्पस प्रमुख रमेश लामिछानेले जानकारी दिनु भयो !



