फिल्ममा आर्यनको व्यस्तता, ‘घर नम्बर २’ मा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फिल्ममा व्यस्त हुन थालेका छन् । ‘पुजार सार्की’ले दिएको सफलता सेलिब्रेसन गरिरहेका उनी नयाँ फिल्ममा जोडिएको खबर छ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को मुख्य भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल-ड्रामा फिल्ममा जोडिएका हुन् ।

आर्यन र निर्माताबीच लिखित सम्झौता भएको छ । फिल्ममा उनको भूमिकाबारे केही खुलाइएको छैन । तर उनी आफ्नो भूमिका र फिल्मलाई लिएर उत्साही सुनिए ।

आर्यनको पछिल्लो फिल्म ‘पुजार सार्की’ घरेलु बक्स अफिसमा सफल रह्यो । यो फिल्मले उनको संकटग्रस्त करिअरलाई उकासेको बताइएको छ । त्यसयता फिल्ममा आर्यनको डिमान्ड बढ्न थालेको देखिन्छ ।

‘छक्कापञ्जा ५’ मा समेत आर्यनले अभिनय गरेको चर्चा छ । तर यसबारेमा निर्माताले स्वतन्त्र पुष्टि गरेका छैनन् । ‘के घर के डेरा’को यो दोस्रो श्रृंखलाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ ।

यो फिल्ममा दुई अभिनेत्री तय हुन बाँकी रहेको निर्माताले जनाएका छन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

सम्बन्धित
सरकारी लगानीमै सुस्ताइ NTC, टावर बने पनि नेटवर्क आएन

रुकुम (पश्चिम): रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो

स्ववियु निर्वाचनमा रुकुमको शितल क्याम्पसमा दर्ता भएका सबै संगठन विच सर्वसम्मत नेतृत्व चयन

सुर्खेत: रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका २ मा अवस्थित शितल क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि त्यस

सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा