राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन्। प्रतिनिधि सभामा विपद् व्यवस्थापनका सम्बन्धमा गुरूयोजना निर्माण र स्वास्थ्य संकटको पूर्व तयारीका विषयमा छलफलका लागि कार्कीले दर्ता गरेको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावमा रास्वपाका अरू ६ सांसदले समर्थन गरेका छन्। रास्वपाकी सांसद तोसिमा कार्की प्रस्तावक रहेको प्रस्तावमा यसवर्ष जेठ २८ गतेबाट मनसुन भित्रिए यता असार २५ गतेसम्ममा ६८२ वटा विपदका घटना घटेको र ६९ जनाको मृत्यु भएको उल्लेख छ। 'विपद् व्यवस्थापनका लागि कानुन, रणनीति, कार्ययोजना, कार्यढाँचा नबनेका होइनन्। यस वर्ष पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८९ बनाइएको छ जसमा हरेक प्रदेशमा हुन सक्ने मनसुनजन्य क्षतिको बारेमा...