२४ पुस, काठमाडौं । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई अहिले भ्याइनभ्याइ छ । उनको भ्याईनभ्याई मन्त्रालयको कार्ययोजना कार्यान्वयनका लागि राजनीतिक कार्यक्रमदेखि मेला/महोत्सव उद्घाटन र समापनमा भइरहेको छ । तर मन्त्रालयको प्रगति भने सुस्त छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि विकासे मन्त्रालयतर्फ दोस्रो ठूलो बजेट पाएको सहरी विकास मन्त्रालयको बजेट कार्यान्वयन भने कमजोर छ । भौतिक पूर्वाधारपछि ठूलो बजेट ९१ अर्ब ३५ करोड २३ लाख रहेको मन्त्रालयले कार्यान्वयन कमजोर गरेको हो । मन्त्रालयका अनुसार १९ पुससम्म कुल बजेटबाट ६ अर्ब ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।...