कोहलीसँगको सम्बन्धको विषयमा के भन्छन् भारतका नवनियुक्त प्रशिक्षक गम्भीर?

भारतीय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक गौतम गम्भीरले सोमबार आयोजित पत्रकार सम्मेलनमा टोलीका अनुभवी ब्याटर विराट कोहलीसँग आफ्नो सम्बन्धको बारेमा बोलेका छन्।

कोहलीसँग पछिल्ला केही वर्षमा सम्बन्ध बिग्रिएको भन्ने आँकलन गरिरहदा गम्भीरले त्यसलाई नकारेका छन्।

उनले भने, ‘विराटसँगको मेरो सम्बन्ध टीआरपीका लागि होइन। अहिले हामी १४० करोड भारतीयको प्रतिनिधित्व गरिरहेका छौं। दुवै जना त्यसमा केन्द्रित छौं।’

हालै टी-२० विश्वकप जितेपछि विराटसहित रोहित शर्मा र रविन्द्र जडेजाले संन्यास लिएका थिए। तर उनीहरू एकदिवसीय र टेस्ट टोलीबाट अझै खेल्नेछन्। गम्भीरले फिट रहेमा विराट र रोहितले सन् २०२७ को विश्वकप खेल्न सक्ने समेत बताएका छन्।

‘विराट र रोहित दुवैको अझै धेरै क्रिकेट बाँकी छ। उनीहरू विश्वस्तरीय खेलाडी हुन्। च्याम्पियन्स ट्रफी बाँकी छ, अस्ट्रेलिया सिरिजमा उनीहरू टोलीका लागि चाहिन्छ। त्यसपछि पनि फिट राम्रो भए उनीहरूले सन् २०२७ मा एकदिवसीय विश्वकप खेल्न सक्छन्,’ उनले भने।

गम्भीरले प्रशिक्षकको रुपमा यहिँ जुलाईको अन्त्यबाट श्रीलंकामा हुने सिरिजबाट आफ्नो कार्यकाल सुरू गर्दैछन्।

गम्भीर र विराटको सम्बन्धलाई लिएर भारतीय क्रिकेटमा निकै चर्चा हुने गरेको छ।

यद्यपी उनले विराटसँगको सन्बन्धलाई ‘दुई परिपक्व व्यक्तिबीचको सम्बन्ध’ को संज्ञा दिएका छन्।

सन् २०१३ मा गम्भीर कोलकाता नाइट राइडर्सको कप्तान हुँदा विराटसँग विवाद भएको थियो। सन् २०२३ मा पनि दुईबीचको चिसो सम्बन्धले चर्चा पाएको थियो।

सन् २०२३ मा गम्भीर लखनऊ सुपर जायन्ट्स मेन्टर थिए। रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध लखउनले एक रनको जितको उत्सव मनाउँदा बेंगलुरुको चिन्नास्वामी स्टेडियम गम्भीरले दर्शकलाई चुप लाग्न इशारा गरेका थिए। त्यसपछि कोहलीले लखनऊको रंगशालामा जित निकालेपछि गम्भीरलाई जवाफ दिए झैं गरी इशारा गरेका थिए।

सन् २०२४ मा भने दुवै जना सार्वजनिक रूपमा एकअर्कासँग मित्रवत रूपमा प्रस्तुत भएका थिए।

कोहलीसँगको पछिल्लो सम्बन्धको बारेमा गम्भीरले भनेका छन्, ‘मानिसहरू वास्तविकताबाट टाढा छन्।’

कोहलीले पनि गत सिजनमा गम्भीरसँग अँगालो हालेको र आफू अझैँ बच्चा नभएको बताएका थिए।

गम्भीरले हालैका दिनमा कोहलीसँग छलफल गरेको बताए पनि कुन विषयमा छलफल भएको भने खुलाएनन्।

सम्बन्धित
भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा

भोजन गृह : लोकभाकासँगै मौलिक खानाको स्वाद 

काठमाडौं । साँझ ढल्किंदै जाँदा मादल र हारमोनियमको पार्श्व धुनसँगै मारुनी भाका गुञ्जिन्छ । डिल्लीबजार हाइटस्थित एक राणाकालीन भवनको कुनै

अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा