जय ट्रफी : ढिला गरी सुरू भएको पहिलो दिन पुलिसले गुमायो २ विकेट, भुर्तेलको अर्धशतक

जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल भिडन्त वीरगञ्जमा लागेको हुस्सुले प्रभावित भएको छ।

हुस्सुका कारण मंगलबार ढिलो गरी सुरु भएको खेलको पहिलो दिन टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २ विकेट गुमाएर ८५ रन जोड्दा दिनको खेल सकिएको छ।

पुलिसका लागि कप्तान कुशल भुर्तेल ५० रन बनाएर खेलिरहेका छन्। अर्जुन साउदले भने खाता खोलेका छैनन्।

त्यसअघि दिलीप नाथ इनिङग्सकै पहिलो बलमा आउट हुने क्रममा रोयल डक भए। उनलाई आर्मीका सोमपाल कामीले सुमित महर्जनबाट क्याच गराए।

त्यसपछि अमृत श्रेष्ठ २० रन जोडेर पेभिलियन फर्के। उनलाई आर्मीका शाहब अलामले आकाश चन्दबाट क्याच गराए।यसअघि समूह चरणमा दुईदिवसीय खेलमा शीर्ष दुई बनेका पुलिस र आर्मी उपाधिका लागि भिडेका हुन्। फाइनल खेल भने तीन दिनको हुँदैछ।

सम्बन्धित
कर्णालीमा छोरीको बैंक खाता कार्यक्रम अलपत्र, के हुन्छ ४१ हजार खातावालकाे पैसा ?

सुर्खेत । छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच

भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा