डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो

काठमाडौँ । डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

 

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको