राष्ट्र बैंक प्रवक्तामा पौडेल, आर्थिक अनुसन्धान विभागमा भट्ट

१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन् । १४ साउनदेखि लागु हुने गरी बैंक सुपरीवेक्षण विभाग कार्यकारी निर्देशक पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टको पनि जिम्मेवारी हेरफेर भएको छ । भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक रहेका भट्ट अब आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन् ।

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै उनलाई काजमा पठाउनुपर्ने भएपछि आर्थिक अनुसन्धान विभागको जिम्मेवारी हेरफेर भएको हो ।

श्रेष्ठको दरबन्दी भुक्तानी प्रणाली विभागमा कायम भएको छ ।

सम्बन्धित
कर्णालीमा छोरीको बैंक खाता कार्यक्रम अलपत्र, के हुन्छ ४१ हजार खातावालकाे पैसा ?

सुर्खेत । छोरीमाथि हुने विभेद अन्त्य गर्न, बाल विवाह रोक्न र उच्च शिक्षामा प्रोत्साहित गर्न भन्दै कर्णाली प्रदेश सरकारले पाँच

जय ट्रफी : ढिला गरी सुरू भएको पहिलो दिन पुलिसले गुमायो २ विकेट, भुर्तेलको अर्धशतक

जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल भिडन्त वीरगञ्जमा लागेको हुस्सुले प्रभावित भएको छ। हुस्सुका कारण मंगलबार ढिलो गरी सुरु भएको

भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा