शहरी विकास मन्त्रालयमा २ हजार बढी कार्यक्रमको छैन सुरसार

शहरी विकास मन्त्रालयमा २ हजार बढी कार्यक्रमको छैन सुरसार

१०१ झोलुङ्गे, ३ सडक पुल निर्माण

सिंहले मन्त्रालय सम्हालेको ६ महिनाभित्र १० किलोमिटर ग्रामीण कालोपत्र सडक निर्माण हुने लक्ष्य मन्त्रालयको थियो । तर, ६ महिना पुग्न लाग्दा हालसम्म झापा, रोल्पा र पर्वत गरी तीन जिल्लामा गरी ६.९ किलोमिटर निर्माण भएको छ ।

यस्तै, तीन स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा सबै निर्माण भएका छन् । मन्त्री सिंहले कार्यभार सम्हालेको पहिलो एक सय दिनमा ५० र दोस्रो सय दिनमा ३० गरी कुल ८० झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म मन्त्रालयले एक सय एक झोलुंगे पुल निर्माण गरिसकेको छ ।

मन्त्रालयले चालु आव १९ पुससम्म निर्माणाधीन अवस्थामा रहेका ३० स्थानीय तहका प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ ।

सिटीहल निर्माण हुने क्रममा

आगामी १७ माघसम्ममा सिटीहलहरूको निर्माण कार्य सम्पन्न हुने दाबी गरिएको छ । दुई सय दिनभित्र सुनसरी लौकही सभाहल र बाँके नेपालगञ्ज सिटीहल निर्माण सक्ने लक्ष्य छ । तिनमा लौकही सभाहल निर्माण कार्य अन्तिम चरणमा रहेको र नेपालगन्ज सिटीहल ठेक्काअनुसार निर्माण कार्य सम्पन्न भई बिल फरफारक अन्तिम चरणमा रहेको दाबी गरिएको छ ।

यस्तै, भैंसेपाटीस्थित मन्त्रीनिवासको दोस्रो चरणको निर्माण कार्य र चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा १९ पुससम्म भैंसेपाटी निवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ । यस्तै, चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको छ ।

शहरी नीति स्वीकृत, कीर्तिपुरमा फ्लडलाइटको ठेक्का आह्वान

मन्त्रालयले चालु आव पाँच महिना नाघ्दा आफ्नो उपलब्धिमा मन्त्रिपरिषद्बाट राष्ट्रिय सहरी नीति स्वीकृतिदेखि कीर्तिपुर मैदानमा फ्लडलाइटको ठेक्कासम्म देखाएको छ । ८ मंसिरमा सहरी नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।

मन्त्रालयले त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल उद्घाटन, दमक व्यापारिक कम्प्लेक्स उद्घाटनलाई पनि उपलब्धि देखाएको छ । कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप फ्लडलाइट जडान गर्ने भन्दै बोलपत्र आह्वान हुनु पनि मन्त्रालयले आफ्नो उपलब्धि मानेको छ ।

सम्बन्धित
अभावबाट सफलता:एकै घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश

  सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम

GEN Z को आन्दोलनका क्रममा संवेदनशील पूर्वाधारमा व्यापक क्षति

काठमाडौं: काठमाडौंमा GEN Z को आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, लोक सेवा आयोग कार्यालय अन्य महत्वपर्णा कार्यालयहरु र

नेकपा विप्लव द्वारा सल्यानको मासुगार खोलामा अस्थायी काठे पुल निर्माण

सल्यान: सल्यान जिल्ला दार्मा गाँउपालिकाको मौलोहाल्ने फारुलाचौर सडक खण्ड अन्तर्गत दार्मा गाँउपालिकाको वडा न ३ र ४ को सिमाना पर्ने

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं:  आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपालगञ्ज देखी नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाईएको