पढ्न जापान गएका थिए, अहिले छन् टोकियोको स्कुलमा प्रिन्सिपल

दार्चुलाको लेकाम गाउँपालिका वडा नम्बर २ कुनी गाउँका हुन् विष्णु प्रसाद भट्ट। २०५२ सालमा गाउँकै स्कुलबाट एसएलसी पास गरे।

गाउँका अधिकांश युवा काम गर्न र पढ्न भारत जान्थे। उनलाई पनि भारत गएर पढ्न मन लाग्यो।

उनी भारत झुलाघाटको एक कलेजमा विज्ञान संकायमा भर्ना भए। आइएससी सकिएपछि कञ्चनपुर आए। त्यहीँ‍ सिद्धार्थ साइन्स कलेजबाट स्नातक पढे।

यसपछि काठमाडौं आएर त्रिचन्द्र कलेजबाट २०६९ सालमा स्नातकोत्तर पास गरे।

‘काठमाडौंमा हुँदा ललितपुरको लिटिल एन्जल्स र पछि त्रिचन्द्र कलेजमै पढाएँ,’ विष्णुले भने।

२०६७ सालमा उनले इन्टरनेसनल युनिभर्सिटी अफ जापानमा छात्रवृत्तिमा ‘इन्टरनेसनल रिलेसन’ विषयमा स्नातकोत्तर गर्ने अवसर पाए।

जापानमा पढाइ सकिएपछि उनी काठमाडौं फर्किए।

केही समयपछि उनले फेरि अर्को मौका पाए— द युनिभर्सिटी अफ टोकियोमा पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गर्ने।

उनी २०७३ सालमा फेरि जापान गए। त्यसयता उनी उतै बसिरहेका छन्।

‘पढाइ सकिएलगत्तै जापानमा नेपाली पाठ्यक्रममा पढाइ हुने एभरेस्ट इन्टरनेसनल स्कुलले विज्ञान विषय पढाउन प्रस्ताव गर्‍यो,’ उनले भने, ‘दुई वर्ष पढाएपछि म त्यही स्कुलको भाइस-प्रिन्सिपल भएँ। जिम्मेवारी थपियो।’

अहिले उनी एभरेस्ट इन्टरनेसनल स्कुलको प्रिन्सिपल छन्।

एभरेस्ट इन्टरनेसनल स्कुल एघार वर्षअघि टोकियोको आशागयामा खुलेको थियो। अहिले यो स्कुलका टोकियोमा तीन वटा शाखा छन्। किन्डरगार्टेनदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ। सबैमा गरी ४ सय ६० जना विद्यार्थी पढ्छन्।

‘म पढ्न भनेर जापान आएको थिएँ, अहिले टोकियोको प्रसिद्ध नेपाली स्कुलको प्रिन्सिपल छु,’ विष्णुले भने, ‘नेपाल र जापानको शिक्षा प्रणालीमा धेरै अन्तर छ। यहाँको अनुभव र सीप नेपालमा पनि आदानप्रदान गर्नुपर्छ भन्ने लाग्छ।’

 

सम्बन्धित
एनआरएनलाई रेड कार्पेट ओछ्याएर बोलाउने दिन आउँछ!

  गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषय संविधानमै उल्लेख गरिएको छ। नागरिकता पाउनु हाम्रो (गैरआवासीय नेपालीको) अधिकार हो। त्यस

अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट

१५ वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा १४ हजार नेपालीले गुमाए ज्यान, कुन देशमा कति?

वैदेशिक रोजगारीका क्रममा १५ वर्षको अवधिमा १४ हजार ३५२ जना नेपालीले ज्यान गुमाएका छन्। यो आँकडा वैदेशिक रोजगार बोर्डको सचिवालय

अस्ट्रेलियामा चैतमा नेपाल फेस्टिभल हुँदै

  अस्ट्रेलियाको तासमानिया राज्यमा नेपाल फेस्टिबलको आयोजना हुने भएको छ। नेपाली कला र संस्कृतिको जर्गेना तथा प्रचार प्रसार गर्ने उद्देश्यले