
वैदेशिक रोजगारीका क्रममा १५ वर्षको अवधिमा १४ हजार ३५२ जना नेपालीले ज्यान गुमाएका छन्।
यो आँकडा वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि यो समाचार तयार पार्दासम्मको हो।
आँकडामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा बोर्डबाट आर्थिक सहायता लिनेहरूको संख्या समावेश गरिएको हो।
श्रम स्वीकृति नलिई पुगेका तथा बोर्डबाट आर्थिक सहायता नलिएकाहरू समेत गणना गर्ने हो भने वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीहरूको आँकडा भयावह छ। तर यस्तो आँकडा सरकारसँग छैन।
वैदेशिक रोजगार बोर्डका अनुसार कामको खोजीमा विदेश गएका नेपालीहरूले दुर्घटना, हत्या, आत्महत्या तथा विभिन्न रोगका कारण ज्यान गुमाउने गरेका छन्। सबभन्दा धेरै मलेसियामा चार हजार बढीले ज्यान गुमाएका छन्। त्यसपछि साउदी अरब, कतार, युएई, कुवेत, दक्षिण कोरियालगायत मुलुकमा ज्यान गुमाउने नेपालीको संख्या अत्यधिक छ।
तालिकामा हेर्नुहोस् कुन देशमा, कतिले गुमाए ज्यान?



