अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु

अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका स्थानीय अखबार एनबिसी वासिंटनले जनाएको छ। उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन।

खड्का सोही होटलमा कार्यरत थिए। २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा गाडी डुबेको सूचना प्राप्त भएको थियो।

हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकास्मात् चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ।

सूचनापछि घटनास्थल पुगेको प्रहरीले पोखरीबाट कार निकालेको थियो। कार १० फिट गहिरो पोखरीमा पूर्ण रूपमा डुबेको थियो।कारभित्र दुई जना मृत भेटिएका थिए।

प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

 

सम्बन्धित
एनआरएनलाई रेड कार्पेट ओछ्याएर बोलाउने दिन आउँछ!

  गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषय संविधानमै उल्लेख गरिएको छ। नागरिकता पाउनु हाम्रो (गैरआवासीय नेपालीको) अधिकार हो। त्यस

१५ वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा १४ हजार नेपालीले गुमाए ज्यान, कुन देशमा कति?

वैदेशिक रोजगारीका क्रममा १५ वर्षको अवधिमा १४ हजार ३५२ जना नेपालीले ज्यान गुमाएका छन्। यो आँकडा वैदेशिक रोजगार बोर्डको सचिवालय

पढ्न जापान गएका थिए, अहिले छन् टोकियोको स्कुलमा प्रिन्सिपल

दार्चुलाको लेकाम गाउँपालिका वडा नम्बर २ कुनी गाउँका हुन् विष्णु प्रसाद भट्ट। २०५२ सालमा गाउँकै स्कुलबाट एसएलसी पास गरे। गाउँका

अस्ट्रेलियामा चैतमा नेपाल फेस्टिभल हुँदै

  अस्ट्रेलियाको तासमानिया राज्यमा नेपाल फेस्टिबलको आयोजना हुने भएको छ। नेपाली कला र संस्कृतिको जर्गेना तथा प्रचार प्रसार गर्ने उद्देश्यले