बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभामा विश्वासका मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार लामाले आज विश्वासको मत लिन लागेका हुन् ।

लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसअघिको एमाले–माओवादी गठबन्धन तोडिएर संघमा कांग्रेस–एमालेको समीकरण बनेपछि बागमती प्रदेशमा कांग्रेसका लामा मुख्यमन्त्री बनेका थिए ।

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट