प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सम्बन्धित
ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं: ई. डा. तथा पूर्वाधार विज्ञ भेष राज थापा ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

संविधान र स्थिरताका लागि रुकुम(पश्चिम)का छ ओटै पालिकामा नेकपा एमालेको जनप्रदर्शन

रुकुम(पश्चिम): संविधानको रक्षा, राष्ट्रिय स्वाभिमानको संरक्षण र देशमा बड्दो अराजकता विरुद्धको जनसङ्गठन अभियान अन्तर्गत नेकपा (एमाले) ले देशभरका ७५३ वटै

पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट