नेपाल निजामती कर्मचारी संगठन रुकुम (पश्चिम)को जिल्ला अध्यक्षमा धनबिर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार रुकुम (पश्चिम) जिल्लाको सदरमुकाम मुसिकोटमा भएको १२ औ जिल्ला अधिवेशनबाट धनवीर केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ ।
जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा भिम खत्री महिला उपाध्यक्षमा हृदयकली पौडेल, सचिवमा सागर भुजेल, सहसचिवमा तुलबिर बिक र कोषाध्यक्षमा कविराज केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।
भर्खरै १२ औ जिल्ला अधिवेशनबाट निर्वाचित धनवीर के सी विगत १३ बर्ष देखी निजामती सेवामा अनवरत रुपमा कार्यरत हुनुहुन्छ उहा हाल सडक डिभिजन कार्यालय चौरजहारी रुकुम (पश्चिम) मा पाचौ तह नायब सुब्बा पदमा हुनुहुन्छ!

अधिवेशनले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनौट गरेको छ जसमा मनोज केसी र कमला केसीलाई केन्द्रिय प्रतिनिधिमा छनौट गरेको छ भने प्रदेश प्रतिनिधिमा सुरेन्द्र खत्री र देवी ओली चयन हुनुभएको छ ।
त्यसैगरी लेखा परिक्षण आयोगको संयोजकमा केदार शर्मा चयन हुनुभएको छ भने सदस्यहरुमा केशव केसी र महेश कठायत चयन हुनभएको छ ।
संगठनका निवर्तमान अध्यक्ष पुष्पराज ओलीको अध्यक्षतामा भएको १२औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेकपा (एमाले)पार्टीका प्रदेश कमिटी सदस्यहरु कर्णबहादुर ओली र हरिप्रसाद शर्मा, संगठनका केन्द्रिय सदस्य तथा रुकुम पश्चिम जिल्ला ईन्चार्ज जसबिर खत्री लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रको अवसरमा संठगनका विभिन्ना तहका पुर्व नेताहरु समेत सम्मानित भएका छन !



