प्रेस चौतारी नेपाल रुकुम (पश्चिम)को ७ औ जिल्ला अधिवेशन बाट नयाँ कार्यसमिति चयन भएको छ !
कमिटीको जिल्ला अध्यक्षमा परिचन्द्र खत्री उपाध्यक्षमा ललित परियार,सोमिया मल्ल सचिवमा हरि केसी सह सचिवमा रिता ओली,टेकराज पुन र कोषाध्यक्षमा यत कुमार बोहरा सहित ९ सदस्य जिल्ला कार्य समिति चयन गरिएको छ!

संगठनका जिल्ला कार्यवाहक अध्यक्ष धुर्व राज केसीको अध्यक्षता र प्रेस चौतारीका केन्द्रिय सदस्य मनिषा के सी को प्रमुख उपस्थिति संगै नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दाराम देवकोटा पार्टी कर्णालि प्रदेश कमिटी सदस्य कर्ण ओली लगायत पार्टीका अन्य नेता कार्यकर्ता तथा प्रेस चौतारी रुकुम पश्चिमका सङ्गठित सदस्यहरुको उपस्थितिमा जिल्ला अधिवेशन सम्पन्न भएको एमाले जिल्ला पार्टी प्रचार विभाग प्रमुख जीवन खड्काले जानकारी दिनु भयो !
जिल्ला सम्मेलनबाट नव निर्वाचित कमिटीको पहिलो बैठक आज नै बसी प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि पनि छनौट गरिएको प्रेस चौतारी केन्द्रिय सदस्य मनिषा केसीले जानकारी दिनु भयो महाधिवेशन प्रतिनिधिमा ओमप्रकाश आचार्य र सोमिया मल्ल प्रदेश प्रतिनिधिमा टेकराज पुन मगर र यमुना ओली लाई छनौट गरिएको छ!



