नेकपा (एमाले) ले सञ्चालन गरेको ३ महिने वडा केन्द्रित अभियान देशैभर धमाधम रुपमा सुचारु भैरहेका छन केन्द्रिय सुर्कुलर बमोजिम प्रदेश जिल्ला र पालिका हुदै वडा तथा टोल सम्म पुगिरहेको छ !
यो अभियान नेकपा एमाले रुकुम पश्चिमले पनि उत्साहपुर्णा तरीकाले सञ्चालन गरीरहेको छ! यस अभियान अन्तरगत चौरजहारी नगरपालिका वडा न १२को वडा अभियान कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपा(एमाले) कर्णाली प्रदेश कमिटी सदस्य तथा रुकुम पश्चिम प्रदेश निर्वाचन क्षत्र न ख का इन्चार्ज टंक प्रसाद ओलीले जानकारी दिनुभयो!
कार्यक्रम भब्य र सब्य रुपमा उल्लासमय तरिकाले नेताकार्यकर्ताहरु सहभागी भइ पार्टी निर्माण गर्ना र जनताको समस्या बुझ्ना घरदैलो सम्मै पुग्ने ओलीले जानकारी दिनुभयो !
रुकुमका अधिकाम्स स्थानीय तहहरु नेकपा माओवादी केन्द्रले जितेको एक मात्र रहेको संघीय निर्वाचन क्षेत्र तथा २ ओटै तहका प्रदेश निर्वाचन क्षेत्र पनि माओवादीलेनै जितेको र विकास निर्माणमा उपभोक्ता समिति कुनै संघसस्थाले प्रदान गर्ने सेवासुविधा विकासे कामका योजना राज्यले प्रदान गर्ने सबै खाले सेवासुविधामा पनि विभेद भैरहेको त्यहा उपस्थित सहभागि कार्यकर्ताहरुले गुनासो गरे माओवादीका कार्यकर्ता बाहेक अरु सोझासिधा जनताले नपाएको यो अभियानमा जनताको प्रत्यक्ष गुनासो आएको उहाले बताउनु भयो साथै भुकम्पले थिलोथिलो पारेको रुकुम पश्चिममा यो महाविपत्तिमा समेत यहाका जनप्रतिनिधीहरुले एकलौटी मनोमानि गरेको गुनासो गरेको उहा बताउनु हुन्छ !
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका कर्णाली प्रदेश कमिटी सदस्य टंक प्रसाद ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थानीय,प्रदेश र केन्द्रीय नेतृत्व नेकपा एमालेको एकल सरकार गठन गर्न आवश्यक देखिएको छ यसका लागि आम कार्यकर्ता हरु अब चाहिँ प्रत्यक्ष टोल बस्तीहरूमा घर दैलो गर्दै जनताका आवश्यकताहरू बुझ्दै संगठन निर्माण पार्टी निर्माण सदस्यता विस्तार अभियानलाई व्यापक बनाएर मिसन ८४ मा नेकपा एमालेलाई बहुमत दिलाउन सबै कार्यकर्ताहरूलाई आआफ्नो ठाउँबाट लाग्न पार्टीमा भैरहेको चौतर्फी भ्रमात्मक सन्देशका र यहाँ भइरहेका व्यथिति भ्रष्टाचार र अन्यायका विरुद्धमा सशक्त रूपमा प्रतिवाद गर्नको लागि उपस्थित आम जनता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो!
पार्टीको ७५औं स्थापना दिवस को समय पारेर २०८१ वैशाख ८-९ मा आयोजित नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले आगामी २५ वर्षभित्र समृद्ध नेपाल सुखी नेपाली को सपना साकार पार्न र समाजवादको बलियो आधार निर्माण गर्न दुर्गामी महत्वको संकल्प गरेको थियो। तत्कालका सन्दर्भमा पार्टी मिसन २०८४ मा केन्द्रित हुने राज्यको तीनवटै तहमा एकल बहुमत हासिल गरेर श्रमजीवी वर्गलाई राज्य सत्ताको केन्द्रीय नेतृत्वमा स्थापित गर्ने राष्ट्रको आवश्यकता र जनअपेक्षानुरूप नेकपा एमालेलाई राष्ट्रिय राजनीतिमा निरन्तरता विजय पार्टीका रुपमा स्थापित गर्ने उदेश्य रहेको छ!
त्यसको प्रारम्भ संगठन सुद्रीकरण तथा सुदृढीकरण बाट गर्ने भनिएको थियो त्यही लामो सोचलाई दृष्टिगत गर्दै पार्टी केन्द्रले २०८१ का लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजना जारी गरेको थियो भर्खरै सम्पन्न केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या तथा समाधान विषयक राष्ट्रिय कार्यशालाले पहिचान गरेका समस्या र निकायका निष्कर्षहरूलाई समेत ध्यानमा राखेर २०८१ को केन्द्रीय वार्षिक कार्य योजनाका बाँकी काम तीव्र गतिका साथ कार्यान्वयन गर्ने र मजबुत जगमा खडा भएको कसैले कहिल्यै चुनौती दिन नसक्ने बलियो नेकपा एमाले बनाउनका निमित्तै स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सफल बनाउन पार्टी निर्माण विशेष अभियान सञ्चालन गर्न प्रस्ताव गरेको छ !
अभियानको औचित्य
वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ स्थानीय स्तरमा पार्टीको सबलीकरण जनतासँग पार्टीको घनिष्ठता र मिसन ८४ लाई लक्षित गरी राष्ट्रिय अभियान प्रारम्भ भएको हो।
पार्टी सदस्यता विस्तार गर्ने फागुन चैत्र भित्रै सदस्यता नवीकरण गर्ने पार्टीलाई टोलसम्म संगठनात्मक रुपमा गतिशील बनाउन पार्टीको जीवनको शुद्धिकरण गर्न भ्रमात्मक प्रचारको प्रतिवाद गर्न पार्टीको नीति र नेतृत्वलाई स्थापित गर्न जनताका माग मुद्दा र समस्यालाई अग्रसरता लिएर घरमा पार्टीलाई पुर्याउन महिला सदस्यतालाई कम्तिमा ३३% पुर्याउन युवा नेतृत्व विकास गर्न पार्टीलाई पूर्णतया प्रविधिमैत्री बनाउन वडासम्म जनसंगठनका कमिटी र सदस्य विस्तार गर्न अर्थात् जगैदेखि केन्द्रित रहेको छ।
पार्टी सदस्यतामा २ लाख नयाँ सदस्यहरु थप हुनेछन् हाल रहेका ७,५०० ९ वडा स्तरको कमिटीमा थप ५०० शाखा तथा वडा स्तरका कमिटीहरू गठन हुनेछन् अधिवेशन बाँकी रहेका सबै वडा स्तरका कमिटीहरूको अधिवेशन चैत मसान्त भित्र सम्पन्न हुनेछन हाल रहेका टोल स्तरका कमिटीमा पार्टीको नीति र नेतृत्व विरुद्ध सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने सबै खालका प्रयत्नहरूको तत्काल प्रभावकारी प्रतिवाद रहनेछ।
तीन महिने अभियानको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि आशा र जनताप्रति विश्वास जगाउनेछ। पार्टी जीवनको शुद्धिकरण स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गर्ने उद्देश्य रहनेछ !
२०८१ माघदेखि चैत्रसम्म सञ्चालन गरिने वडा केन्द्रित पार्टी निर्माण अभियानको औपचारिक प्रारम्भ माघ १ गते भएको थियो र यसको अन्त्य २०८२ वैशाख ९ गते पार्टी स्थापनाको दिवस पारेर यो अभियान समापन हुनेछ।



