टी-२० विश्वकप २०२६ : एसिया र इस्ट एसिया प्यासेफिकको एउटै छनोटबाट ३ टोली छानिने

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES – JUNE 14: Nepal players walk off the field after the first innings during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

आइसिसीको बोर्ड बैठकले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि क्षेत्रीय छनोटको कोटा निर्धारण गरेको छ।

बैठकले अफ्रिका र युरोपका लागि दुई-दुई वटा कोटा निर्धारण गरेको छ। यस्तै अमेरिका क्षेत्रबाट एक टोली विश्वकप २०२६ मा छनोट हुनेछ।

अब एसियाका लागि भने तीन वटा कोटा निर्धारण गरिएको छ। यसअघि एसिया र इस्ट एसिया प्यासेफिक गरी दुई वटा छनोट हुने गरिएकोमा अब दुवैलाई गाभ्दै एउटै एसिया छनोट हुने भएको छ।

एसिया छनोटमा नेपाल, ओमान र पपुवा न्युगिनी सिधा छनोट भइसकेका छन्। अब क्षेत्रीय छनोटबाट आउने एसियाका बाँकी टोलीबीचको प्रतिस्पर्धाबाट तीन टोलीले टी-२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन्।

टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।

आइसिसीको बोर्ड बैठकले सन् २०३० को टी-२० महिला विश्वकपमा १६ टोलीबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको छ। सन् २००९ को पहिलो टी-२० विश्वकपमा ८ टोली थिए, अब २०३० मा पहिलो संस्करणभन्दा दोब्बर टोली हुनेछन्। त्यसअघि सन् २०२६ मा इंग्ल्यान्डमा हुने प्रतियोगितामा १२ टोली हुनेछन्।

सोमबार श्रीलंकाको कोलम्बोमा सकिएको आइसिसीको बोर्ड बैठक र वार्षिक साधरणसभामा आइसिसीका १०८ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति थियो। नेपाल क्रिकेट संघको तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दसहित सचिव पारस खड्का र जिएम उत्सव ढुंगाना सहभागी थिए।

बोर्डले अमेरिका र चिली क्रिकेट संघलाई ‘निगरानी’ मा राखेको छ। दुवै क्रिकेट संघलाई पारदर्शिताको अभाव भएको भन्दै आइसिसी सदस्यता मापदण्ड पूरा गर्न १२ महिनाको समय दिइएको छ।

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ। मंगलबार धनगढीको फाप्ला क्रिकेट

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र