रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री प्रशिक्षाणात्मक अभ्यास खेलघर अभाव लगायत विभिन्ना बाधा अर्चनाका कठिनाइ बीच पनि स्थानीय युवाहरूले खेलकुदलाई निरन्तरता दिँदै आएका छन्।
बिगत(प्रमपरागत)रुपमा चल्दै आएको कागतिहार मेला रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न ११ चौफा बजारमा आज सम्पन्न भएको छ यही असोज ३१ गते उद्घाटन भएको मेलामा विभिन्ना खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन स्थानीय खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार एक लाख राशि रहेको थियो दोस्रोलाई पचास हजार र तेस्रो तथा सान्तोना पुरस्कार बीस बीस हजार रहेको थियो प्रतियोगितामा गाउँका युवा, विद्यार्थी र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ। बिहानदेखि साँझसम्म खेल हेर्न मानिसहरूको भीड लाग्ने गरेको छ।
भलिबल प्रतियोगितामा विजेता सानोभेरी ४ उपविजेता स्यार्पुदह युनाईटेड३ सान्तोना सानोभरी ३ र मुसिकोट ७ रहेका थिए
“आर्थिक जोहो देखी मैदान सम्याउनेदेखि खेल सामग्री जुटाउने र अन्य कुनै तत्वहरुले खेल विफल बनाउनेका बाबजुद पनि सबै कुरा आफैंले मिलाएका हौं,” आयोजक समितिका अध्यक्ष ई लोकश मल्लले पूर्वाधारन्युज लाई बताए, उचित खालको खेलमैदान र खेल सम्बन्धी संरचनामा राज्यले भने जस्तो लगानी नगरे पनि “तर उत्साहमा कमी आएको छैन।” स्थानीय सर्वसाधारण शिक्षक व्यापारी र संघ–संस्थाले पनि सहयोग गर्दै खेलकुदलाई समुदायमा एकता र सद्भाव बढाउने माध्यमका रूपमा अघि बढाएका छन्।
दर्शकहरूका अनुसार यस्ता प्रतियोगिताले गाउँमा मनोरञ्जनका साथै प्रतिभा विकासमा पनि योगदान पुर्याइरहेका छन्। खेल संरचनाको अभाव भए पनि खेलकुदप्रति युवाहरूको लगावले भविष्यमा ठूला प्रतिस्पर्धात्मक कार्यक्रम सम्भव हुने विश्वास स्थानीयको छ।
सामाजिक एकता, सद्भाव र युवा ऊर्जाको परिचायक बन्दै गएको यस्तो खेलकुद गतिविधिले ग्रामीण क्षेत्रमा पनि खेल र खेलाडीप्रतिको रुचि अझ प्रष्ट रूपमा उजागर गरेको देखिन्छ।
“संरचना नहुँदा धेरै कठिन हुन्छ, तर उत्साह र मनबलका कारण हामी अघि बढिरहेका छौं,” एक खेलाडीले भने। उनका अनुसार यदि खेलकुदका लागि आधारभूत संरचना निर्माणमा सम्बन्धित निकायले ध्यान दियो भने स्थानीयस्तरमै उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने सम्भावना प्रष्ट छ।
यति ठूलो जनसहभागिता र उत्साह हुँदाहुँदै पनि खेलकुद पूर्वाधार निर्माणमा सरकार र स्थानीय तहले पर्याप्त ध्यान नदिएको गुनासो खेलकर्मीहरूले गरेका छन्। उनीहरूका अनुसार विद्यालय र गाउँस्तरमा खेलमैदान, प्रशिक्षण केन्द्र र खेलसामग्रीको अभावले खेलाडीहरूलाई निरुत्साहित बनाइरहेको छ।
स्थानीय बासिन्दाहरूले अब सम्बन्धित सरकारी निकाय, खेलकुद परिषद् र स्थानीय तहले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा— “युवा छन्, जोश छ, दर्शकको साथ पनि छ, अब चाहिएको हो त केवल सरकारको पहल




