ममता र इन्दूको उत्कृष्ट ब्याटिङमा एपिएफको जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार सुरुवात गरेको छ।

मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशमाथि १११ रनको जित निकाल्यो।

पहिले ब्याटिङ गरेको एपिएफले १ विकेटको क्षतिमा १८२ रनको विशाल योगफल तयार गर्यो। उसका ओपनर राजमती ऐरी २२ रन जोडेर आउट हुँदा ममता चौधरीले नटआउट ७८ रन र कप्तान इन्दू बर्माले नटआउट ५२ रन बनाए।

१८३ रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेटको क्षतिम ७१ रन मात्र जोड्न सक्यो। कर्णालीका लागि दिक्षा पूरीले सबैभन्दा बढी १७ रन बनाइन्। बलिङमा एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन्। ८ बलर प्रयोग गरेको एपिएफका लागि थप एक एक विकेट रेखा रावल, सुमन विष्ट र बिनु बुढाले लिए।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा भइरहेको यो प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ, र सुदूरपश्चिम रहेका छन्। समूह ‘बी’ मा कोशी, बागमती, मधेस, र आर्मी रहेका छन्।

सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन्। फाइनल खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधामा प्लेयर अफ द सिरिजले पचास हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५ हजार पाउनेछन्।

 

सम्बन्धित
संरचना अभावबीच पनि खेलकुदप्रति खेलाडी र दर्शकको उत्साह घटेन

रुकुम(पश्चिम):खेलकुदका लागि आवश्यक भौतिक संरचना नहुँदा पनि यहाँका खेलाडी र दर्शकमा देखिएको उत्साहले सबैलाई आश्चर्यचकित पारेको छ। खेलमैदान, प्रशिक्षण सामग्री

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको उत्कृष्ट सुरूवात

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरूवात गरेको छ। मंगलबार बिहान धनगढीको फाप्ला क्रिक्रेट मैदानमा भएको

लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। गएराति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टसँग, चेल्सीले बर्नेमाउथसँग र

विश्वकपअघिको अभ्यास खेलमा नेपालको अर्को हार

आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपाली यू-१९ टोलीले दुवै खेल गुमाएको छ। बुधबार मलेसियामा अमेरिकासँग नेपालले ५ विकेटको हार